Posts

Showing posts from 2012

हाइकिङ र रिट्रिटको रमाइलो

“मनोरञ्जनात्मक वस्तुको उपभोगबाट पाइने क्षणिक आनन्द भन्दा प्राकृतिक रमणीयताको आन्तरिक अनुभूतिबाट लिइने आनन्द मानव जीवनका लागि कैयौँ गुणा बढी महत्वपूर्ण छ ।” एक प्रख्यात पर्यटकले संसार घुमेर निकालेको निष्कर्ष हो यो । फान्सको पेरिसको एक पुस्तक पसलमा पाएको सानो यात्रा विवरण जस्तो लाग्ने किताबको शुरु पृष्ठमा मैँले यो वाक्य पढ्न पाएको थिएँ । सारै मन परेकाले यात्रा डायरीको एउटा पन्नमा टिपिएको यो वाक्य र  एफेल टावर घुम्दै गर्दा पेरिसका मेरा एक जना नेपाली मित्रले भनेको मार्मिक वाक्यले चन्द्रगिरी पहाड चढ्दा र त्यहाँबाट देखिने काठमाडौँ उपत्यकाको दृश्यावलोकन गर्दा मलाई आज फेरि झस्कायो । उनले भनेका थिए – “धीर जी हामी नेपालीहरु जीवनमा रमाइलो गर्न त जान्दै जान्दा रहेनछौँ । रमाइलोका लागि कि त हामी तास खेलेर दिन बिताउँछौँ कि त रक्सी पिएर मात्ने गर्छौ । यसले त हाम्रो मानसिकता खुम्चँदो रहेछ अनि स्वास्थ्य पनि बिग्रँदो रहेछ । थाहै नपाई रमाइलोका नाममा हामी आफ्नो जीवन धरापमा पो पार्दारहेछौँ ।” उनको यो भनाइले मलाई त्यसबेला त त्यति छोएन तर जब मैँले स्वीटजरल्याण्डको पहाडमा कुद्ने पहाडी रेलबाट देख्दै लठ्ठ ...

बिषय बोधका लागि अनिवार्य कलाः सही सुनाइ, सही बुझाइ

हामी कुनै पुस्तक, लेख, रचना पढ्छौँ । प्रवचन, भाषण, व्याख्यानहरु सुन्छौँ, कुनै दृश्य हेर्छौँ, कुनै घटना वा परिस्थितिमा सामेल हुन्छौँ । त्यसका पाठक, दर्शक, श्रोता, द्रष्टा, अनुभोक्ता बन्दछौँ व्यक्तिगत वा सामूहिक रुपमा । एउटै लेख, रचना, घटना, दृश्यको बुझाइ र प्रभाव भने व्यक्तिपिच्छे फरक फरक हुन्छ । एउटाले एउटा निष्कर्ष निकाल्छ अर्काले अर्कै निष्कर्ष निकाल्छ । कोही साधारण अर्थमै सीमित हुन्छन्, कोही गम्भीर र गहन तहमा त्यसलाई बुझ्दछन्, छुन्छन् र बोध गर्दछन् । आखिर यस्तो किन हुन्छ त ? यसको एउटै कारण छ सही सुनाइ र सही बुझाइको अभाव । सही सुनाइ र बुझाइ कसरी त ? हामी विभिन्न बिषयहरु अध्ययन गर्दा वा सुन्दा त्यसलाई तीन किसिमले सुन्छौँ र बुझ्ने कोशिस गर्दछौँ – मस्तिष्कबाट, हृदयबाट र पूर्ण रुपले श्रद्धबाट । जब हामी मस्तिष्कबाट सुन्ने र बुझ्ने प्रयास गर्दछौँ त्यो सुनाइ बुद्धि वा तर्कजनित हुन्छ, त्यस्तो सुनाइबाट शव्दार्थको तहमा (अभिधा, लक्षणा र व्यञ्जना) हाम्रो बुझाइ केन्द्रित हुन्छ । यस्तो सुनाइमा हामी सामान्यतः संशय वा बुद्धिजनित रुपले यसबाट के भन्न खोजिएको हो भनेर जिज्ञाशा वा संशय राखेर सुन्ने र बु...

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम

थकाली भान्साः दर्शन, प्रेम र आतिथ्यको अनौठो संगम  “तरकारी तेल र मसलाले होइन, पकाउनेको प्रेमभावले मीठो हुन्छ ।” यो वाक्य मैले कुनै आध्यात्मिक साधना चल्ने आश्रममा कुनै बेला पढ्ने मौका पाएको थिएँ । आज म त्यसलाई फेरि स्मरण गर्दैछु र पोखराका थकाली भान्साका बारेमा केही रहस्य खोतल्ने प्रयास गर्दैछु । यसपटक पोखरा भ्रमणको ४ दिने बसाइमा पनि खानेकुराको लागि मेरो रोजाइमा परे थकाली भान्साघरहरु । चाहे महेन्द्रपुलमा होस् वा पृथ्वीचोकमा होस् वा पातले छाँगोको छेउमा होस् मेरो खानाखाने होटल थिए तिनै थकाली भान्साघरहरु । बसेको होटलमा पनि हुनतः थकाली परिकार नपाएको होइन तर किनकिन त्याहाँ मैँले त्यति रमाएर स्वाद लिनै सकिन । एक छाक खाएपछि थकालीहरुले नै चलाएको होटल खोज्न थालेँ र पुगेँ मुस्ताङ थकाली भान्साघर महेन्द्रपुलमा । मेरो पोखरा अवधिभर त्यही होटलमा खाना खाएँ यसपाली । देशदेसावर घुम्दा स्वदेसी र विदेसी विभिन्न खानाका परिकारहरु खान पाइयो । नाम चलेका अन्तर्राष्ट्रिय ब्रान्डहरु म्यकडोनाल्ड, के.एफ.सी. देखि पिज्जाहट सम्मका परिकारहरु, पूर्वि एशिया, चीन र यूरोपमा चाख्न र त्यसको स्वाद लिन पाइयो । थाइल्यान्...

जीवन परिवर्तनका लागि अवसर कि दृष्टिकोण ?

मानिसको जीवनमा सफलताका लागि परिस्थिति जिम्मेवार हो कि दृष्टिकोण भने बिषयमा प्रशस्त मात्रामा पक्ष र विपक्षमा तर्कहरु हुन सक्लान् । म पनि सरसर्ति सोच्दा परिस्थिति नै जिम्मेवार हो कि भन्ने सोच्छु । सामान्यतः मानिसहरु आफ्नो प्रगतिमा अवसरहीनतालाई नै दोषी देख्छन् । राजनीति स्थिर नभएर पो त नत्र...................., राजनीति मात्र स्थिर भइदिए.........., यो सतिले सरापेको देश केही नै नहुने भो ..........., यहाँका मानिसहरु नै ठीक छैनन्, अवसर नै छैन नत्र त ............., । जब हामी केही काम गर्ने कुराकानी गर्न थाल्छौं यी र यस्ता भनाइहरु हामीमध्ये प्रायजसो मानिसका मनमा आइरहन्छन् । कसैले सामाजिक परिस्थिति प्रतिकूल छ भन्छन्, कसैले लगानीको अभाव छ भन्छन्, कसैले काम गर्ने मानिस नै पाईदैन के काम गर्ने भन्छन्, कसैले नेता नै ठीक छैनन् के गर्न सकिन्छ र भन्छन्, कसैले काम गर्न कानून नै ठीक छैन भन्छन्, काम शुरु गर्ने सोच, चिन्तन र आँट भन्दा पनि पहिले परिस्थितिजन्य दोष र अप्ठ्याराहरु हाम्रा दिमागमा आइहाल्छन् । तर के यस्ता समस्या सबै निमिट्यान्न भएको अवस्थामा मात्र व्यक्तिले आफ्ना उन्नति र प्रगतिका कामहरु गर्ने ...